तनहुँ दुर्घटना: मृतक घले शिक्षक आन्दाेलनमा सहभागी भएर घर फर्कँदै थिए
माइक्रो र स्कुटर ठक्कर खाँदा २ जनाको मृत्यु , १४ घाइते
तनहुँ | बैशाख ७, २०८२
तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा माइक्रोमा सवार एक पुरूष र स्कुटरमा पछाडि बस्ने युवतीको मृत्यु भएको हो ।
स्कुटर पछाडी बस्ने लमजुङ बेशीसहरकी अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। स्कुटर चालक सुरेश श्रेष्ठ गम्भीर घाईते छन् ।
माइक्रोमा सवार मनाङ नासोङ गाउँपालिका वडा नं. ८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भोटेओडारले जानकारी दिएकाे छ।
घले काठमाडौंमा भइरहेकाे शिक्षक आन्दाेलनमा सहभागी भएर घर फर्कँदै थिए। उनी मनाङको नाँसो ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

